`

कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना

Nepal One HD २० असोज २०८२ २१:००
समाज

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् ।

जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए । जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन् ।

नभागेका कुल कैदी १५ हजार ५ सय २५ छन् भने त्यसमा कारागारका १५ हजार १ सय ६२ छन् भने सुधारगृहबाट ६ सय ६३ जना छन् । यसका साथै भागेका मध्ये कुल ८ हजार ८ सय ५१ जना कैदी फिर्ता आएका छन् । त्यसमा कारागारका ८ हजार ५ सय १० छन् भने सुधारगृहका ३ सय ४१ जना रहेका छन् ।

आउन बाँकी कुल कैदी ५ हजार ६ सय ९७ जना छन् भने यसमा कारागार तर्फ ५ हजार ७९ जना छन् भने सुधारगृह तर्फ ६ सय १८ जना छन् ।यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये ५ जना कारागारका ५ जना सुधारगृहका छन् । हाल कूल कैदीको संख्या २४ हजार २ सय २८ जना छन् । यसमा कारागारका २३ हजार ४ सय ३० छन् भने सुधारगृह तर्फ ७ सय ९८ जना छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *