माइतीघरबाट १० बढी प्रदर्शनकारी पक्राउ {तस्वीरहरु}


काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाल, एसपी साहसहितलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी