मेयर हर्क साम्पाङले मागे मन्त्री कुलमान र महावीरको राजीनामा

प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको राजीनामा माग गरेका छन् । बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले पुन र घिसिङलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट बच्न सुझाव दिएका हुन् ।
उनले लेखेका छन्, ‘तत्काल राजीनामा दिएर बदमानीदेखि बचून् महावीर र कुलमान !’ यसपछि, साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् । उनले सरकारलाई विदेशी दलाल र वैधताविहीनको संज्ञा दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट