`

नेपालका ६ महिला खेलाडीले मलेसियामा टी–२० च्याम्पियनसिप खेल्ने

Nepal One HD २४ असोज २०८२ १४:५६
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना महिला खेलाडीले मलेसियाको क्वालालम्पुरमा हुने एमसीए वुमेन इन्टरस्टेट टी–२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनसार अक्टोवर १८ देखि २८ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

नेपालका ६ जना राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुले सेलङ्गर क्रिकेट एशोसिएसन र सर्वाक क्रिकेट एसोसिएसन सँग आवद्ध भएर प्रतियोगिता खेल्ने छन् । सहभागी हुने नेपाली खेलाडीमा सीता राना मगर, कविता जोशी र राजमती ऐरीले सेलङ्गर क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्दा रुविना क्षेत्री, पूजा महतो र कविता कुवँरले सारावाक क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *