नेपाल विश्वभरका पर्यटकहरूको आकर्षक गन्तव्य (तस्बिरहरू)


काठमाडौँ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।
हाम्रो देश भौगोलिक हिसाबले जती सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुल्ठुला नदीहरुले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ ।
९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किराफट्याङ्ग्रा र वनस्पती नेपालमा पाइन्छ । देश को कुल भूभागको २३.३९५ जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।
हामी कहाँ संसारमै लोपोन्मुख प्रजातीका पाटे बाघ, एक सिंङ्गे गैंडा, जङगली हाती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्षेनी लाखौंको सङ्ख्यामा बिभिन्न प्रजातीका चराहरु अन्य मूलुकहरुबाट नेपाल बसाईँ सरेर आउने गर्छन् ।
त्यस बहेक पनि संसारमा कतै नपाईने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाईन्छ । यसकै आधारमा पनि बर्तमान समयमा बैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघी सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने संभावनाहरु प्रशस्त देखिन्छ ।