`

राष्ट्रपतिले सुदनसहित यी २० जेनजी प्रतिनिधिलाई बोलाए छलफलमा, छुटेकाले गरे नाराबाजी

Nepal One HD २५ असोज २०८२ १२:२९
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि सरकारले जेनजीका २० प्रतिनिधि छानेको छ । राष्ट्रपतिसँग छलफलका लागि सरकारले छानेको सूचीमा छुटेकाहरूले शीतलनिवास बाहिर प्रदर्शन गरेका छन् । जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगन गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को–को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गरेका हुन् । त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ । भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ । ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ । यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन् ।

राष्ट्रपति पौडेल अहिले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग छलफलमा छन् । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग आज बस्ने भनिएको वार्ता सोमबारलाई सारेका छन् । वार्ता बस्नुअघिसम्म यो सूचीमा थपघट हुन सक्ने जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि बोलाएका जेनजी प्रतिनिधि
१) सुदन गुरुङ
२) ओजस्वीराज थापा
३) निकुञ्ज भण्डारी
४) मिराज ढुङ्गाना
५) प्रवेश दाहाल
६) जितेन्द्र शाह
७) पुरुषोत्तम यादव
८) प्रशान्त पौडेल
९) अंकित अधिकारी
१०) अभिषेक श्रेष्ठ
११) जुनल गदाल
१२) अर्जुन शाही
१३) रक्षा बम
१४) प्रदीप ज्ञवाली
१५) युजनराज भण्डारी
१६) आदित्य कर्ण
१७) आकृति घिमिरे
१८) मोनिका निरौला
१९) ओजस्वी भट्टराई
२० सिजन रानामगर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *