देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए । ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए ।
उनले नियमित महाधिवेशन हुने पनि बताए । उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए । ‘पाँच पटक प्रधानमन्त्री भएँ । पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको