अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला


अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् । कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (नौ हजार ८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो ।
टोलीले डायनोसरको खोपडीको अंश, पुच्छरसम्म फैलिएको पूर्ण हाडहरूको स्तम्भ र अगाडिका र पछाडिका अङ्गहरू लगभग अक्षुण्ण अवस्थामा सङ्कलन गरेको कोनिसेटले जनाएको छ । यो खोज नेचर पत्रिकामा प्रकाशित भएको छ र शोधकर्ताहरूले यसले विकासको अध्ययनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।
लेखक अगस्टिन मार्टिनेलीका अनुसार ह्वायराकुर्सरले करिब २३० देखि २२ करोड ५० लाख वर्षअघि पृथ्वीमा जीवन बिताएको अनुमान गरिएको छ । यसले यसलाई विश्वको सबैभन्दा पुराना डायनोसरमध्ये एक बनाएको छ ।
यी प्रजातिहरू ट्रायासिक अवधिको अन्त्यसम्म बाँचेका थिए । यो समयमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए । शोधकर्ताहरूका अनुसार पत्ता लागेको ह्वायराकुर्सर जागुएन्सिस वयस्क अवस्थामा मात्र दुई मिटर लम्बाइको र करिब १८ किलोग्राम (४० पाउण्ड) तौलको थियो ।यो खोजले पृथ्वीको प्रारम्भिक जीवन र डायनोसरहरूको विकास क्रमबारे नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ ।