`

बंगलादेशमा पूर्व प्रधानमन्त्री हसिनालाई मागियो मृत्युदण्ड

Nepal One HD ३१ असोज २०८२ ११:१०
प्रमुख खबर

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ । उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ । बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा धेरै मानिसको मृत्यु भएको थियो । यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो ।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् । बीबीसीका अनुसार उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारहरूको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ ।
हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन् ।

गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियाे। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ । बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनु पर्छ ।’ उनले थपेका छन्, ‘किनकि यो मानवीय रूपमा सम्भव छैन, त्यसैले हामी कम्तीमा एक पटक मृत्युदण्डको सजायको माग गर्दछौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *