`

बालेन र सुधन गुरुङविरुद्ध तनहुँमा जुलुससहित जाहेरी

Nepal One HD ३१ असोज २०८२ १५:४२
प्रमुख खबर

तनहुँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी दर्ता भएको छ । नेकपा एमाले निकट जनसंगठनका नेता–कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । जाहेरी दिनेमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ छन् ।

जेनजी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साएको उनीहरूमाथि आरोप छ । भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटस जस्ता प्रमाण उनीहरुले बुझाएका छन् । यसअघि पनि विभिन्न जिल्लामा उनीहरुविरुद्ध जाहेरी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *