`

‘राष्ट्रिय जेनजी पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

Nepal One HD ३ कार्तिक २०८२ १२:२६
निर्वाचन विषेश

काठमाडौं । ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोग निवेदन दिएको छ । यो पार्टीको अध्यक्षमा हिराप्रसाद सेती रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ । पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ । पार्टीको संघीय कार्यालय अनामनगर काठमाडौंमा रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य छन् । अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *