`

जेनजी शिक्षकले धम्क्याएको भन्दै गाउँपालिका अध्यक्षले गुहारे सीडीओ

Nepal One HD ३ कार्तिक २०८२ १३:२०
प्रमुख खबर

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई जेनजी बताउने एक शिक्षकले धाकधम्की दिएको भन्दै कारबाहीका लागि प्रमुख जिल्ला अधिकारी गुहारेका छन् । पालिकाको लेटप्याडमा लिखित उजुरी दिँदै राईले आफूलाई उदयपुर त्रियुवा–१५ सिद्दवति माविका अनुदानमा कार्यरत शिक्षक युवराज कार्कीले फोन गरेर ‘म जेन–जी हुँ भन्दै नानाथरिले गालीगलौच गर्दै अपशब्द प्रयोग गरी कुट्छु पिट्छु भन्दै हप्काउने र ज्यान मार्ने समेत धम्की दिँदै डर त्रास फैलाएको उल्लेख गरेका छन् । राईले शिक्षक कार्कीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *