तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत गर्छ: मुख्यमन्त्री शाह

राजनीति

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुराउने बताएका छन् ।
दीपावली २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुरायाउने बताए ।
‘उज्यालो आफैँमा प्रेरणाको पर्व पनि हो, दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथप्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री शाहले पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशसहित नेपाल र विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको