ओलीले गरे जेनजी आन्दोलनमा ध्वस्त आफ्नो बालकोट निवासको अवलोकन


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।
सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएकी थिइन् । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।
भ्रष्टाचार नियन्त्रण कुशासनको अन्त्य तथा ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा उत्रिएको जेनजी आन्दोलनमा २३ गते गोली चलेपछि सडकमै १९ जना बालबालिका तथा युवाले ज्यान गुमाएका थिए । सोही दिनको सरकार र सुरक्षा निकायको दमनपछि आक्रोशित बनेको आन्दोलनले २४ गते उग्ररुप लिदा सरकारी कार्यालय नेताहरुका निजी निवास, उद्योग तथा सर्वेच्च अदालत सिंहदरबार लगायतका राष्ट्रिय सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।
त्यस बखतका तत्कालिन प्रधानमन्त्ती ओली लगायत अन्य नेताहरुर्ला सेनाले सुरक्षा दिदै सुरक्षित स्थानमा राखेको थियो । भने अन्तरिम सरकार गठन भेसकेपछि नेताहरु सार्वजनिक भएका थिए । उक्त आन्दोलनमा केपी ओलीको घरमा आन्दोलनकारीहरुले लुटपाट तथा आगजनी गरेका थिए । सोही घरको अवलोकनमा ओली आज पहिलो पटक त्यहा पुगेका हुन् । उनी हाल भक्तपुरस्थित गुण्डुमा भाडाको घरमा बसिरहेका छन् ।