`

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा (तस्बिरहरू)

Nepal One HD १० कार्तिक २०८२ १७:३८
फिचर

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ  ।

काठमाडौँको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *