विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि दियो निवेदन
निर्वाचन विषेश
काठमाडौं । । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। नेताहरूले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन्। दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन्।
दल दर्ता गरेसँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ। देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरूले आयोगमा आएर दल दर्ताको लागि निवेदन दिएको प्रवक्ता प्रकाण्डले बताएका छन्।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
