तस्बिरमा हेर्नुहोस् बालुवाटार भित्र बैठक, बाहिर धर्ना
काठमाडौं। चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।
धबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको हो ।
त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् ।
उनीहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने बताउँदै बालुवाटार बाहिर धर्ना दिइरहेका हुन् ।
सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ ।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेन-जी समूहबीच छलफल भइसकेको छ ।








