काठमाडौं उपत्यकामा बिहानै देखि वर्षा, तस्बिरहरु
काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भाई रहेको छ । पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । आज उपत्यकामा बिहानै देखि हल्का वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ ।

