नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बिहीबार निर्वाचन आयोग पुगेका चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित रहेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष भने जेनजी पुस्ताका कबीर सोप रहेका छन् । साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले भने, ‘हामीले नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्षको रुपमा जेनजी पुस्ताकै कबीर सोपलाई बनाएका छौ ।
उहाँ पढेँलेखेको, देश विदेशको भ्रमण गरेको र नागरिकको आम व्यथा बुझ्ने, चौधरी परिवारको चेलीवेटीका पुत्र, दलितको पुत्र टिकापुरकै हुनुहुन्छ, टिकापुरको घटना आफ्नै आँखाले देख्नुभयो । टिकापुरको विभेद र दमनको पराकाष्ट र सिंगो समुदायप्रतिको ज्यादती आफ्नै आँखाले देख्नुभएको छ ।’
