`

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

Nepal One HD १७ कार्तिक २०८२ १७:०१
राजनीति

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । यो मन्त्रिपरिषद्को सोमबार बस्ने नियमित बैठक हो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो । विवरण प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्रीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *