`

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल (तस्बिरहरू)

Nepal One HD १७ कार्तिक २०८२ १७:१९
फिचर

काठमाडौं।  राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

शनिबार साँझतिर सो क्षेत्रमा सो चरा देखिएको हो । बेलायत र स्कटल्याण्डमा पाइने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चरा ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरेको उनले जानकारी दिए ।

हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *