पूर्वराष्ट्रपति विद्या भण्डारीले आज प्रतिलिपि नागरिकता लिँदै
प्रमुख खबर
						
 					काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ।
जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी हुँदा उनको नागरिकता पनि जलेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार भण्डारीको नागरिकताको प्रमाणपत्र जलेपछि प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएकि थिईन् । सोही अनुरुप विभिन्न सरकारी निकायमा रहेका उनको नागरिकताको प्रमाणपत्रको फोटोकपी र डिजिटल डाटा भिडाएर प्रतिलिपी नागरिकता दिने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिलिपी नागरिकता लिन दिउँसो २ बजे कार्यालयमा बोलाएको छ।
						प्रतिक्रिया
						
		
	
					
					फेसबुक प्रतिक्रिया
						ताजा अपडेट
						धेरै पढिएको
						