`

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Nepal One HD १९ कार्तिक २०८२ ११:१२
खेलकुद

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबारको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११ः१५ बजे शुरू हुनेछ ।

जारी शृंखलाको यो अन्तिम खेल हो । नेपाल र यूएई दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यो शृंखलामा अमेरिकाले आफ्नो चारवटै खेल जितेको छ । आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । त्यसैले बुधबारको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *