`

ओरालो लागेकाको एकताले निकास दिंदैन, नालायकी लुकाउने प्रयास मात्रै : घनश्याम भुसाल (पूर्णपाठ)

Nepal One HD १९ कार्तिक २०८२ १२:५९
बिशेष

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लैजाने टिप्पणी गरेका छन् । माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन गरेर नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठुला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुन नसक्ने बताए ।

उनले माओवादी अध्यक्ष प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको मिलनलाई लक्षित गर्दै ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो नचढिने उनले बताएका छन् । उनले भने, ‘गत कार्तिक १५ गते पार्टीको केन्द्रीय कमिटीका सदस्यहरूको आकस्मिक बैठकले समग्र परिस्थितिको विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी पुनर्गठनका लागि पार्टी पंक्तिलाई आह्वान गर्ने र भावी योजना बनाउनका लागि स्थायी कमिटीमा रहेका कमरेडहरूलाई जिम्मा दिएको छ ।’

उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए । बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लो पटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भूसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’ एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो ? भनेर प्रश्न गरे । उनले भने, ‘त्यसैले तथाकथित एकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान गर्दछौँ । साथै, आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गर्दछौँ ।’

आगामी भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने बताए । उनले थपे, ‘हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’

हेर्नुस् पूर्णपाठ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *