थप कागजातसहित आयोगको कार्यालय पुगे ‘नेपाली कम्युनिष्ट पार्टी’ का नेताहरु (तस्वीरहरु)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । बर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डेलगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक थप कागजात लिएर निर्वाचन आयोग पुगेका हुन् । । यसअघि यही २० गते नै नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो ।
विभिन्न १० वटा वाम दल र समूहसहितले पार्टी एकता घोषणा गरेका थिए । पार्टी एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको थियो । आज थप कागजात लिएर आयोग पुगेको नेताहरूले बताएका छन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिष्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् । थप प्रकिया अघि बढेको पनि बताएका छन् । आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी






