जेनजी आन्दोलनमा विध्वंश मच्चाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ
प्रमुख खबर
पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका लागि अपिल गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् । कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय थिए ।
प्रहरीले मंगलबार विहान उनलाई पक्राउ गरेको हो । पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए । आफै अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए । उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रवक्ता डीएसपी बस्नेतले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
