उपमेयर सुनिता डंगोलले गरिन् जुद्ध वारुण यन्त्रको निरीक्षण (तस्बिरहरु)
फिचर
काठमाडौँ । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन निर्माण कार्यको निरीक्षण गरेकी छन् । उक्त भवन काठमाडौं महानगरपालिकाले मर्मत गरिरहेको छ।
राणाकालिन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो ।कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रुपमा सोही भवनको माथिल्लो तलामा बस्दै आएका छन्।
दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलामा दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट लिएर आएको मोसीज कम्पनीको पुरानो मोडलको दुईवटा दमकल राखिएको छ ।













प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
