`

धनकुटामा माइक्रो दुर्घटना : एकको मृत्यु, १४ जना घाइते (नामावली)

Nepal One HD ५ मंसिर २०८२ ११:२२
प्रमुख खबर

धनकुटा । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् घाइते

– प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट ।
– सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– नरेन्द्र राई ः बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम ।
– निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम ।
– जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम ।
– रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर ।
– दिपेन्द्र बुढाथोकी (हाइस चालक, ठेगाना नखुलेको) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *