`

महेश बस्नेतको चेतावनी : एमालेका नेतालाई बयानमा बोलाए एक लाख कार्यकर्ता सिंहदरबार छिर्छन्

Nepal One HD ५ मंसिर २०८२ १४:५२
प्रमुख खबर

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् । नेशनल भोलेन्टियर फोर्स (एनभिएफ) घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको बताए ।

उनले त्यसो भएमा शुक्रबार भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उनले चेतावनी दिए । भदौ २४ गतेका प्रदर्शनकारीले जस्तो एनभिएफले तोडफोड र आगजनी नगर्ने उनले बताएका छन् । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं,’ बस्नेतले भने, ‘बरू फूलमाला लगाएर सुशीला कार्कीका मन्त्रीहरूलाई सिंहदरबाट बिदाइ गर्नेछौं । एक लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आमसभा गर्छौं ।’

नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेको उनले बताए । उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्छाएको उनको दाबी थियो । ‘अहिलेका सरकारका प्रधानमन्त्री, मन्त्री र सरकारसम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्,’ बस्नेतले भने, ‘नेपो बेबीका आमाबुवाले शासन चलाएका छन् । यो जायज छैन ।’ अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित रहेको एनभिएफको घोषणा कार्यक्रम अहिले बबरमहलमा भइरहेको छ । पार्टीको नीति, नेतृत्व, प्राकृतिक प्रकोपका बेला राहत तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताए ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *