`

कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

Nepal One HD ७ मंसिर २०८२ ११:०१
प्रमुख खबर

धनुषा । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा

मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबास अस्पताल पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *