`

पुस महिनाभित्र महाधिवेशन सम्भव छ – कांग्रेस नेता पौडेल

Nepal One HD १६ मंसिर २०८२ १०:०२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको बताएका छन् । उनले महाधिवेसनलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।

उनले आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग पनि कोट्याए । उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्याए ।

उनले भने ‘मैले कार्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ उनले थपे ,‘तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *