रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्नेः पुटिन
मास्को । रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताका छन् ।
मार्चमा १० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति अहिले वर्षेनी आधारमा ७ प्रतिशतभन्दा तल झरेको छ र वर्षको अन्त्यसम्म करिब ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रपतिले भने, “आर्थिक वृद्धिको गति केही सुस्त हुँदै गएको छ । रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा १ प्रतिशतले बढेको छ ।”
पूरा वर्षको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा रहेको छ, जुन सरकारको अपेक्षासँग मेल खान्छ । पुटिनका अनुसार, सरकारले र केन्द्रीय बैङ्कले कडाइ गरिएका नीतिहरू लागू गर्दै अर्थतन्त्रलाई सहज रूपमा सञ्चालन गर्न प्रयासरत रहेका छन् ।
“सेप्टेम्बर महिनामा रुसको बेरोजगारी दर २.२ प्रतिशत रहेको छ, जुन ऐतिहासिक रूपमा सबैभन्दा कम दर हो,”उनले जानकारी दिएका छन् ।
