किरात समुदायले धुमधामसँग मनाए उधौली पर्व (तस्बिरहरु)
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् ।
किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन् । ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खारधामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन् ।
लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेकोमा आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली साकेला अर्थात् उधौली पर्व मनाएका हुन् ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउने गर्दछन् ।
सोही अवसरमा ललितपुरको नखिपोटमा सामूहिक रुपमा साकेला नाची उधौली मनाइएको छ ।







