`

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

Nepal One HD १९ मंसिर २०८२ ७:५२
नेकपा एमाले

जुम्ला- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् । राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन् ।

यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *