मेयर बालेन भेट्न प्रधानमन्त्री कार्की पुगिन् शाह निवास
प्रमुख खबर
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निवास पुगेकी छिन् । उनी आइतबार दिउँसो ४ बजे शाह निवास पुगेकी हुन् ।
मेयर शाहका पिताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री कार्की शाह निवास पुगेर करिब करिब २० मिनेट समय बिताए पनि राजनीतिक कुराकानी नभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए । प्रधानमन्त्रीले बालेनका पिताको निधन हुनु अघि पनि स्वास्थ्य समस्याबारे जिज्ञासा राखेकी थिइन् ।
साथै अचानक पिता गुमाउनु परेकोमा प्रधानमन्त्री कार्कीले बालेन प्रति सहानुभूति दिँदै दु:ख व्यक्त गरेको रावलले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
