`

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच छलफल

Nepal One HD २२ मंसिर २०८२ १७:१२
राजनीति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाबाबारे प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा विस्तृत छलफल चलिरहेको हो ।

भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *