`

जनमत संग्रहबारे प्रधानमन्त्रीले पुस २ गते डिसिजन दिने प्रसाईँको दाबी

Nepal One HD २२ मंसिर २०८२ १८:१२
राजनीति

काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंँ र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रसाईँले प्रधानमन्त्रीसँग जनमत संग्रहको विषयमा संवाद गरेका छन् । जनमत संग्रहबारे प्रधानमन्त्रीले आगामी पुस २ गते डिसिजन(निर्णय) दिने कुरा भएको भेटपछि सञ्चारकर्मीसँग प्रसाईँले बताए ।

प्रसाईंको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरु समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *