प्रधानमन्त्री कार्कीसँग ‘सरी’ माग्दै दुर्गा प्रसाईंले भने, ‘तपाईं माता हो’
राजनीति
काठमाडौँ । सरकार र दुर्गा प्रसाईंबीच भएको वार्ता केहीबेरअघि सकिएको छ । वार्तामा सरकार पक्षले दुर्गा प्रसाईंले अघि सारेका मागहरू अध्ययन गरी पुरा गर्न सकिने मागहरू पुरा गर्ने आश्वासन दिएको छ ।
वार्तामा प्रसाईंले यसअघि प्रधानमन्त्रीका बारेमा आफूले गरेका टिप्पणीलाई लिएर क्षमायाचना गरेको प्रधानमन्त्रीको सचिवालयले नेपालवन एचडीलाई जानकारी दिएको छ ।
‘उहाँले प्रधानमन्त्रीका बारेमा यसअघि आफूले गरेका टिप्पणीमा गल्ती स्वीकार गर्दै माफी माग्नुभयो,’ सचिवालय स्रोतले भन्यो । ‘मैले भनेका कुरामा म सरी भन्छु,’ प्रसाईंले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं माता हो, दुर्गा हो, देवीको रुप धारण गरेर काम गर्नुहोस् ।’
प्रसाईंले राखेका व्यवहारिक र सम्भव हुने मागहरू अध्ययन गरेर पुरा गर्नका लागि थप छलफल गर्ने गरी आजको वार्ता टुंगिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
