`

आजको मौसम : देशभरको मौसम मुख्यतया सफा

Nepal One HD २५ मंसिर २०८२ ७:४२
प्रमुख खबर

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ ।आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *