`

प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई

Nepal One HD २७ मंसिर २०८२ १८:५०
बिशेष

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *