`

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

Nepal One HD २७ मंसिर २०८२ २०:१७
प्रमुख खबर

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ,“खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *