`

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

Nepal One HD २८ मंसिर २०८२ १९:१३
प्रमुख खबर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहारत कार्यन्वयन हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको अवधारणा पत्र प्रतिनिधिहरुलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उहाँको भनाइ थियो । यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाविधेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *