`

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँ – मन्त्री घिसिङ

Nepal One HD २८ मंसिर २०८२ १९:२९
प्रमुख खबर

कास्की – भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् । उनले रङ्गशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे ।

मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रङ्गशालमा स्वागत गरेका थिए । उनले फुटबल मैदानमा फ्लड लाइट (रात्रिकालीन बत्ती) र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिए ।

“पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ । म पहिलो पटक यहाँ आउँदा खुसी लाग्यो । फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ । साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ”, मन्त्री घिसिङले भने ।

पोखरा फुटबल रङ्गशालामा फ्लडलाइट नहुँदा यहाँ अन्तरराष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन् । यसैगरी रात्रिकालीन खेलकुद भएको छैन । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाबारे जानकारी गराएका थिए । मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधारको अवलोकन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *