`

सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

Nepal One HD ५ पुष २०८२ १६:१९
बिशेष

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा  आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् । संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र त्यसपछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरु सडक संघर्षमा जाने समेत बताए ।

उनले निर्वाचन पछि धकेलेर सरकारले फेरी संविधान मिच्ने काम गर्न नहुने दोहोर्‍याउनु भयो ।

उनले भने, ‘हामीले भनेका छौ–सहज ढंगले निर्वाचन सम्पन्न होस । सरकारलाई हामी भन्न चाहन्छौ–तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नु होला । यदि तपाईहरुले संविधान बारबार मिच्ने, एक चोटी त मिचिइसकिएको छ । त्यसमा हामीले देशको असहज स्थितिलाई हेरेर यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर फेरी यो सरकारले निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम ग¥योभने फेरि संविधान मिचिन्छ । यो काम गर्‍यो भने हामी चुप लागेर बस्ने छैनौं। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरियोस । यदि त्यसो गरिएन भने, हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’

संयोजक दाहालले निर्वाचनलाई अघि बढाउने कुरामा कसैले पनि ब्यवधान खडा गर्न नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *