हर्क साङपाङले गरे पार्टी उपाध्यक्षलाई कारबाही
राजनीति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले पार्टी उपाध्यक्ष मित्र परियारलाई कारबाही गरेका छन् ।
आज बुटवलमा भएको कार्यक्रममा आयोजकलाई अपमान गरेको र सहसंयोजकलाई अपमान गरेको भन्दै कारबाही गरेका हुन् ।
फेसबुकमा स्टाटस लेखेर उनले कारबाही गरेको जनाए पनि के कारबाही गरिएको हो भन्ने खुलाएका छैनन् ।
उनले फेसबुकमा लेखेका छन्, `श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन ! आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिए सम्म कार्यवाही गरिएको जानकारी गराउँदछु !´
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
