`

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो–नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन हुँदैन

Nepal One HD ७ पुष २०८२ १६:१५
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्नुपर्ने बताएको छ । सोमवार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् । उनले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।

उनले निर्वाचनका लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए । उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो ।

उनले भने, ‘सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । कांग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ । तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ । अहिले यो सरकारबाट पनि त्यस्तो आओस् । कसैले रिसीवी साँध्ने काममा सरकार नजाओस । डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरु नै हो । त्यसैले राजनीतिक दलका शिर्ष नेताहरुसँग पनि कुरा गर्नुस् । र अहिले जुन कानून ल्याउन खोज्नु भएको छ । त्यो राम्रो भए पनि समयले हामीलाई साथ दिँदैन ।’ सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरुलाई बेवास्ता गरेर कुनै पनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *