`

‘अब बालेन र रवि एउटै गाडीमा अगाडि बढ्ने हो’

असिम शाह ८ पुष २०८२ ११:५२
अन्तर्वार्ता/बिचार

यो धेरै प्रतीक्षा गरिएको तर लामो समयदेखि थाँती रहेको भेटघाट थियो । यो भेटको आवश्यकता पनि थियो, देशको आवश्यकता पनि थियो । यो भेटघाट होस् भन्ने सबैले चाहेका थिए । रवि दाइ निस्केर आएपछि सबै पक्षहरूसँग कुराकानी गर्ने अवस्थामा आज यो भेटघाट भएको हो । हाम्रोतर्फबाट लगभग एक–दुई महिना अगाडिदेखि नै रवि दाइ बाहिर आएपछि भेट हुनुपर्छ भन्ने आशा थियो । त्यही आशा अनुसार पहिलो भेट हो ।

उहाँहरूबीच सौहार्दपूर्ण र राम्रो वातावरणमा देश बनाउनु पर्छ, मिलेर जानुपर्छ भन्ने विषयमा कुरा भयो । यो भेटको सन्देश अब दुई जना मिलेर जाने हो, अब अगाडि बढ्ने हो, देशलाई प्राथमिकतामा राख्ने हो भन्ने हो। रवि र बालेन मिलेर अब यो देश बनाउनु पर्छ भन्ने हो । भेटघाट ६–७ घण्टा लामो चल्यो । यो लेभलमा यसरी दुई जना कहिल्यै पनि बसेका थिएनन् । यसअघि यसरी बस्ने मौका पनि जुरेकै थिएन । त्यो मौका जुरेपछि एकअर्कासँग सौहार्दपूर्ण तरिकाले भेटघाट हुँदा लामो भएको हो । अरू त सामान्य नै भेटघाट हो ।

हिजोको दिनमा पनि रवि दाइ आफ्नो व्यक्तिगत फिल्डमा हुनुहुन्थ्यो, हामी आफ्नोमा थियौँ, मेयर साब आफ्नो फिल्डमा हुनुहुन्थ्यो । हामी आवश्यकताका कारण नै यहाँ भेला भएका हौँ । त्यसैले देशलाई आवश्यक परेका मानिसहरू सबै एक ठाउँमा आएर अगाडि बढ्ने कुराहरू हुन् । त्यसैको एउटा शृंखला हो आज र आजको दिन एकदमै सुखद अन्त्य भएको छ । त्यसले गर्दा आउने दिनहरूमा अझ सुखद कुराहरू नै हुन्छन् । यो निरन्तर हुन्छ, यो फस्र्ट एन्ड लास्ट होइन । उहाँहरूले एकदमै आत्मीयताका साथ भेटघाट गर्नुभएको छ र यसलाई निरन्तर जारी राख्ने, मिलेरै अगाडि बढ्ने भन्ने कुरा हो ।

देशले के भनिरहेको छ भने रवि र बालेन एक ठाउँमा आउनुपर्छ भन्ने देशको माग हो । हाम्रो व्यक्तिगत चाहना पनि त्यही हो, देशले चाहेको पनि त्यही हो । त्यसैको एउटा शृंखलाको रूपमा हामी निरन्तर महिनौँदेखि अभ्यासमा थियौँ । र, त्यही भएर आज उहाँहरू एक ठाउँमा हुनुहुन्छ । जस्तो उहाँहरू एउटै गाडीमा पनि यात्रा गर्नुभयो । त्यसलाई पनि एउटा सन्देशको रूपमा मानौँ। त्यसरी नै अब अगाडि एउटै गाडीमा यसरी नै अगाडि बढ्ने हो ।

(रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति भएको भेटघाटपछि रास्वपा नेता तथा विघटित प्रतिनिधि सभा सदस्य असिम शाहले सञ्चारकर्मीसँग दिएको अभिव्यक्तिको सम्पादित अंश)

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *