`

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पुनः बस्ने

Nepal One HD ११ पुष २०८२ ७:४३
नेपाली कांग्रेस

पाटन (ललितपुर-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १:०० बजे बैठक पुनः बस्ने भएको हो ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखिसकेका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव गरे ।

“नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *