`

एमालेको सचिवालय बैठक आज बस्दै, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याउने

Nepal One HD १३ पुष २०८२ ९:३८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागिएको हो ।

बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको जनाइएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले बैठकबाट यसलाई टुङ्गो लगाउन लागेको हो र यस्तै बैठकमा समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन पनि टुंगाउन लागिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *