`

जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन – अध्यक्ष लिङ्देन

Nepal One HD १३ पुष २०८२ १८:२७
प्रमुख खबर

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताउनुभएको छ ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउने बताउनुभयो । उहाँले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकाले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन ।” अध्यक्ष लिङ्देनले जेनजी पुस्तासहित मुलुकमा विद्यमान सबै शक्तिबीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका माग समाधान गर्न आग्रह गर्नुभयो ।

अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुब्बालगायतले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन जनताको घरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *